बगिने डरले रातभर जागा

साउन ११, कञ्चनपुर –  दोदा नदीको बाढी बैया बाट पीडित शंकरपुर–८ का डेढसय परिवार रातभर जागा बस्न बाध्य छन् । ‘आजको कान्तिपुर दैनिकमा खबर छ ।   हेर्दाहेर्दै छिमेकी गाउँ पुरै बग्यो । हाम्रो पनि के भर छ र रु’ दोदा किनारमा विहिबार भेटिएका झग्नु प्रसाद चौधरीले त्रास व्यक्त गरे,‘ अहिले कटान भइरहेको ठाउँबाट दोदा पस्यो भने हाम्रो पनि उठिबास हुन्छ । त्यसपछि को कता पुग्छ,ठेगान छैन ।’

कञ्चनपुरको दक्षिणपुर्वी भेगको दोदा नदीले धार परिवर्तन गरी केही वर्षयता देखतभुली र शंकरपुर गाविसका बस्तीतिर पस्न थालेको हो । २०६५ को बाढीले शंकरपुर–७ को डुंगा गाउँको उठिबास नै भयो । ‘पुरै वडाबासी विस्थापित भयौं,’ स्थानीय विश्राम राना भन्छन्,‘७ नम्बर पुरै बग्यो अब ८ तिर दोदा पस्यो भने धेरै परिवारको विल्लिबाठ हुन्छ ।’हाल कटान भइरहेको क्षेत्रबाट बाढी पस्यो भने शंकरपुर–८ देखि बेलौरीसम्म जोखिममा पर्नेछ । डुंगामा बाढी पसेर घरखेत नबगाउँदासम्म ७ नम्बर बडामा १ सय ६३ घर थिए । विस्थापित परिवारमध्ये केही शोभाताल डाँडाको रानीवन शिविरमा आश्रय लिएर बसिरहेका छन् ।