सबै सन्धि- संझौता पुनरावलोकन गरिने

साउन ११, काठमाडौं ।

नेपाल र भारतबीच सबै सन्धि- संझौता पुनरावलोकन गरी नयाँ ढाँचामा दुईपक्षीय सम्बन्ध अघि बढाउन दुबै मुलुक सहमत भएका छन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डे र भारतीय समकक्षी सुष्मा स्वराजबीच दुई देश घनिष्ठता थप बलियो र क्रियाशील बनाई अघि बढ्ने सहमतिपत्रमा शनिबार हस्ताक्षर भएको हो । लगत्तै २६ बुँदे प्रेस वक्तब्य जारी भएको छ ।

दुई छिमेकीबीच २३ वर्षपछि तेस्रो परराष्ट्रस्तरीय बैठकले त्यस्तो प्रक्रिया अघि बढाउन परराष्ट्र सचिवको संयोजकत्वमा दुबै तर्फमा  पाँच(पाँच सदस्य रहने  प्रबुद्ध समुह तयारी गरी दुर्ए वर्षभित्र कार्ययोजना बनाउन निर्देश गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसैबीच सन् १९५० को सन्धि र समग्र दुईपक्षीय विषयलाई बर्तमान यथार्थमा ल्याउन परराष्ट्र सचिवलाई निर्देशन, राष्ट्र संघ सुरक्षा परिषद्मा भारतलाई सघाउने, मध्यपहाडी राजमार्गको काम अघि बढाउने, रेल लिंक, सडक निमार्ण तथा भौतिक पूर्वाधारमा भारतले सहयोग गर्ने, टनकपुर पुल निमार्ण दु्रत अघि बढाइने , पंचेश्वर परियोजनलाई गति दिने लगायतका विषयमा सहमति भएको छ ।