कर्मचारी तलबभन्दा विकास खर्च दुई प्रतिशतमात्र बढी

साउन ११, काठमाडौं – सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा कर्मचारीका लागि खुवाउने तलबभन्दा विकास खर्च दुई प्रतिशतमात्र छ । चालू आर्थिक वर्षको ६ अर्ब १८ अर्ब रुपैयाँ बजेटमा एक खर्ब चार अर्व रुपैयाँ सरकारी कर्मचारीको तलबका लागि विनियोजन भएको छ । विकास खर्च भने एक खर्ब १८ अर्ब रुपैयाँ मात्र छ । यसरी हेर्दा कुल बजेटको १६ प्रतिशत रकम सरकारी कर्मचारीको लतबका लागि विनियोजन भएको देखिन्छ भने १८ प्रतिशत रकम विकास खर्चका लागि विनियोजन गरिएको छ ।
अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताव भाग १ अनुसार चालू खर्चमा सरकारी कर्मचारीका लागि जाने खर्च बर्सेनि बढ्दै गएको देखिएको अन्नपूर्ण पोस्टमा खबर छ । सरकारी कर्मचारीको तलबका लागि विनियोजन भएको रकम सबै खर्च हुने तर, विकास खर्च भने नहुने गरेको इतिहास छ । आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चले गुणात्मक विकास निर्माण नहुने गरेको पाइएको छ ।
सरकारले विनियोजन गरेको तीन खर्ब ९८ अर्ब रुपैयाँको चालू खर्चमा सरकारी कर्मचारीको तलबमा मात्र २६ प्रतिशत जानेछ । यस्तै सेवाबाट निवृत्त सरकारी कर्मचारीका लागि ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।