रोवर्टिक्स प्रतियोगितामा तीन समूह विजयी

साउन १०, ललितपुर  –  राजधानीमा रहेका विभिन्न क्याम्पसमा अध्ययनरत छात्राछात्रबीच राष्ट्रिय रोवर्टिक्स प्रतियोगिता–२०१४ को पहिलो समूहबाट तीन समूहका १५ जना विद्यार्थी विजयी भएका छन् ।  प्रथम र द्वितीय दुईवटै पेन्टागन इन्टरनेसनल कलेज र तृतीय हुनेमा नासा इन्टरनेसनल कलेज रहेको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टका निर्देशक प्रमोद प्रधानले बताए   ।

काठमाडौँ मोडेल कलेज, नासा इन्टरनेसनल कलेज, फ्लोरिडा इन्टरनेसनल कलेज, ओलम्पिया वल्र्ड कलेज, क्यानभास इन्टरनेसनल कलेज, पेन्टागन इन्टरनेसनल कलेज र साउथ वेस्र्टन स्टेट कलेजका छात्रछात्राले सो प्रतियोगितामा भाग लिएका थिए ।

विजयी समूहलाई आउँदो सन् २०१५ मार्च बम्बई हुने आइआइटी बम्बई प्रतियोगितामा भाग लिन पाउने त्यहाँका प्रतिनिधि केल्भिन लेओइसले बताए । ललितपुर उपमहानगरपालिका–४ का भारतको सोना कलेज अफ टेक्नोलोजीमा कम्प्युटर साइन्स इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययनरत निवेश श्रेष्ठ र सोही क्याम्पसका मेकानिकल इन्जिनियरका छात्र विक्रमवदवार क्षेत्रीको संयुक्त प्रयासमा सो कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै अन्तिम नतिजा सोमबार हुने आयोजकले बताएको छ ।