जनयुद्धले निर्णायक मोड लिन सकेन : भट्टराई

साउन १०,     इटहरी  –  एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले विश्वभर द्वन्द्वात्मक भौतिकवाद सिद्धान्तमा आधारित रहेको परिवर्तनकारी आन्दोलन नभएका कारण धेरै आन्दोलनहरु तुहिएर गएको टिप्पणी गरेका छन् । वैकल्पिक विचार मञ्च सुनसरीले आज इटहरीमा आयोजना गरेको अन्तक्र्रियामा ृउनले नेपालमा माओवादीले सञ्चालन गरेको जनयुद्धले पनि निर्णायक मोड लिन नसकेको स्वीकार गर्दै विश्वमा नै धेरै आन्दोलनले स्पष्ट र निर्णायक मोड हासिल गर्न नसक्नुमा कम्युनिष्ट चिन्तन नै त गलत छैन भनेर प्रतिप्रश्न गर्ने बेला आएको उल्लेख गरे   । नेता डा भट्टराईले द्वन्द्वात्मक भौतिकवादी चिन्तनबाट मात्रै मुलुकको सामाजिक, आर्थिक र भौतिक विकासमा रुपान्तरण गर्न सकिने भएकाले अब हामीले पनि नयाँ राज्य शक्ति स्थापनाका लागि यही नीति अवलम्बन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् । देशको परिस्थिति र आसपासका छिमेकी मुलुकको अवस्था हेरेर राजनीतिक परिवर्तनका मुद्दा उठाउनु जरुरी हुन्छ भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले अहिले विश्वभर पुँजीवादी अर्थतन्त्र हाबी भइरहेको बताए ।