स्वराज दिनभर राजनीतिक भेटवार्तामा व्यस्त

साउन १०, काठमाडौँ  –  नेपाल भम्रणमा रहेकी भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले आज नेपालका सरकारी उच्चपदस्थ व्यक्ति र राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेकी छिन् । तीनदिने औपचारिक भ्रमणका लागि हिजो नेपाल आएकी  स्वराजले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, समकक्षी महेन्द्रबहादुर पाण्डे, प्रमुख प्रतिपक्ष दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी नेताहरुसँग भेटवार्ता गरेकी हुन् ।

नेपाली पक्ष र स्वराजबीचको भेटमा द्विदेशीय सम्बन्ध, राजनीतिक परिस्थिति, संविधान निर्माण, शान्ति प्रक्रिया, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको छ ।  शितल निवासमा राष्ट्रपति रावरण यादवलाई भेट्न पुग्नुभएका स्वराजलाई यादवले नेपालमा समयमा नै संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरेकी थिइन् ।  त्यस्तै, अपरान्ह बालुवाटारमा प्रधानमन्त्री कोइरालासँगको भेटमा दुई देशको सम्बन्ध सुदृढ गर्ने र शान्ति प्रक्रियाका विषयमा कुरा भएको थियो । उनले नेपालको शान्ति प्रक्रिया छिट्टै टुंङ्गियोस् भन्ने चाहना व्यक्त गर्नुभएको प्रधानमन्त्री कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

यसैबिच भेटवार्ताका क्रममा प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी अध्यक्ष प्रचण्डले स्वराजलाई उच्चस्तरिय राजनितिक संयन्त्रमार्फत सहमति गरि संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजै उनले मधेसबादी दलका नेताहरुलाई होटल द्वारीकामा र समकक्षी महेन्द्रबहादुर पाण्डेलाई होटल याक एन्ड यतीमा भेटबार्ता गरेकी थिइन् । स्वराज भोली बिहान पशुपतिनाथको दर्शन गरी १० बजे स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।