राप्रपामा दलको नेता बोहरा, उपनेता पाण्डे

साउन १०, काठमाडौँ  – राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा दिपक बोहरा चुनिएका छन् । दलका नेता चयनका लागि भएको चुनावमा अरु कसैको उम्मेदवारी नपरेपछि बोहरा निविर्रोध चयन भएका हुन् । त्यस्तै संसदीय दलको उपनेतामा विक्रम पाण्डे निविर्रोध चयन भएका छन् ।

यसअघि राप्रपाको संसदीय दलका नेतामा सूर्यबहादुर थापाले उम्मेदवारी दिने भनिएपनि बोहराको मात्रै उम्मेदवारी परेको हो । १३ जना सभासद् रहेको राप्रपा नेपालको नेता चयनका लागि भएको चुनावमा थापा भने उपस्थित थिएनन् ।