भण्डारीको ‘वाग्मती’ एल्वम सरसफाइ अभियानमा विमोचन

काठमाडौँ – प्रत्येक हप्ता बेल्चा र ग्लोब लगाएर बाग्मती सफ गर्ने स्वयमसेवक तथा समाजसेवीहरुले यो हप्ता फरक तरिकाले वाग्मती सरसफाई सप्ताहलाई निरन्तरता दिएका छन् ।  वाग्मती सफाइको ६३औँ हप्ता आज टेकुस्थित वाग्मती नदीको किनारमा जनचेतनामूलक लोक गीति एलबम वाग्मतीको विमोचनसहित सरसफाइ गरिएको  गीतकार राजनेन्द्र भण्डारीले जानकारी दिए ।  भण्डारीको शब्द रहेको जनचेतनात्मक लोक गीति एलबमको मुख्य सचिव लीलामणि पौडेलले विमोचन गरेका हुन् । सरसफाइ र लोक गीति एलबम विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्य सचिव पौडेलले गीत–सङ्गीतका माध्यमबाट वाग्मती सफाइको अभियानलाई देशव्यापी बनाउन सकिने भएकाले गीतका माध्यमबाट सहयोग गर्न सम्पूर्ण कलाकारलाई अपिलसमेत गरे ।

सरसफाइ कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति,  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक लगायतका संघ संस्थाको उपस्थिति रहेको थियो । सफाइ अभियानमा मुख्य सचिव पौडेल, पूर्व सचिव किशोर थापा, नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक कुबेर राना गायत्री परिवारका डा. राजु अधिकारीलगायतका अभियानकर्ताको  पनि सहभागिता रहेको थियो ।  वाग्मती जनचेतनात्मक लोक गीति एलबममा गीतकार भण्डारी र राधिका हमालको स्वर रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो । गायन जीवनको सुरुवात देखि नै लोक दोहोरी गीतको संरक्षण,संबद्र्धन गर्नुपर्छ भन्ने सोच राखेका भण्डारीले एक दर्जन भन्दा वढि मौलिकपन झल्किएका गीतको र्सिजना गरिसकेका छन।

सुरुवातका दिनमा नाम चलेका केहि कलाकारहरुवाट,म्युजिक कम्पनीहरुवाट हण्डर खाएपनी कतीपनी विचलित नभइ निरन्तर रुपमा,निष्पक्ष रुपमा अघि बढि नै रहे । त्यसपछि कलाकार भोजराज काफ्लेको केहि समयको साथ मिलेपनी आज यहाँसम्म आइपुग्दा भवनाथ दगांलको ठूलो देन रहेको बताउनुहुन्छ ।बिगत दुइ बर्ष यो क्षेत्रवाट विविध कारणले टाढिएको टपनेपालन्यूजसँग बताउदै भण्डारी अव निरन्तर रुपमा लाग्ने बताउछन ।  आफ्नै स्वर,सिर्जनामा दुइ वर्ष अघि यस्तै भयो चाल,त्यसपछि सिन्धुपाल्चोककै संस्कृति,ठेट शब्द भएको ढिकि जाँतो,गीत लिएर प्रस्तुत भए । त्यपछि नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, काभ्रेपलाञ्चोक आसपासका क्षेत्रमा प्रचलित भाका गाँजाको धुवाँमा मार्फत प्रस्तुत भएका भण्डारीले आज जनचेतनामूलक लोक गीति एलबम वाग्मती लिएर श्रोतामाझ आएका हुन् ।