इजरायल र हमास १२ घण्टे युद्धविराम गर्न सहमत

साउन १०, काठमाडौँ –  इजरायल सरकार र हमास विद्रोही १२ घण्टाको लागि युद्धविराम गर्न सहमत भएका छन् । स्थानीय समयअनुसार विहान ८ बजेदेखि युद्ध विराम शुरु हुने छ ।  प्यालेस्टाइनी चरमपन्थी संगठन हमासका सहयोगी टर्की र कतारका विदेशमन्त्रीसँग आज फ्रान्सको राजधानी पेरिसमा अमेरिकी विदेशमन्त्रीले बैठक गर्नेछन् । बैठकमा जर्मनी र इटालीका विदेशमन्त्री पनि सहभागी हुनेछन् । अमेरिकाले हमासलाई युद्ध रोक्नको लागि राजी गराउन टर्की र कतारलाई दवाव दिदै आएको छ । इजरायलले हमास विद्रोही विरुद्ध गरेको कारवाहीमा हालसम्म ८ सय भन्दा धेरैले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश सर्बसाधारण रहेका छन् ।