पशुपतिनाथमा सामान्य पूजा पनि रसिद काटेर

साउन १०,  काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेका पुरोहितले गराउने सामान्य पूजाको पनि रसिद काट्ने भएको छ । कोषले यसघि विशेष पूजामात्र रसिद काटेर भट्टहरुमार्फत पूजा गराउँदै आएको थियो ।

परिसरमा रहेका पुरेहितले भक्तजनलाई मन्दिरभित्र भिड छ भन्दै बाहिरै पुजा गराएर दक्षीणा असुल्ने गरेको गुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न रसिद काटेर पूजा गराउने व्यवस्था गरिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

कोषका सदस्यसचिव  गोविन्द टन्डनले वुरोसिहतले दक्षीणा लिएर मन्दिरबाहिरै पूजा गर्न लगाएको  र रुद्राक्षेको मालाको बजारमूल्यभन्दा ५ गुणा बढीसम्म रकम तिर्नुपरेको गुनासो आएपछि रसिद काटेर पूजा गर्न लगाउने योजना बनाइएको बताए ।