क्षतिपूर्तिको माग गर्दै महानगरपालिकामा धर्ना

साउन ९, काठमाडौँ –  काठमाडौँका सडक व्यापारीहरूले आज काठमाडौँ महानगरपालिकाको मूल ढोकामा धर्ना दिएका छन् ।      बीस वर्षदेखि काठमाडौँका सडक पेटीमा व्यापार गर्दै आएका पुष्पकुमार श्रेष्ठलाई काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको कुटाइबाट मारिएको आरोपमा क्षतिपूर्तिको माग गर्दै धर्ना दिएको हो ।

अस्पतालमा शव परीक्षण गर्दा टाउको र निधारमा निलडाम भएको रिपोर्ट आएको उल्लेख गर्दै संयुक्त व्यापार व्यवसायी सङ्गठनले जनाएको  छ । सङ्गठनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, स्वतन्त्ररुपमा छानविन गरी दोषीलाई सार्वजनिक गर्नुपर्ने र हदैसम्मको कारबाही गर्नुपर्ने मागसमेत गरेको  छ ।