लामाको अध्यक्षतामा वादोकाईको नयाँ कार्यसमिति

साउन ९, काठमाडौँ – नेपाल वादोकाई कराँते संघमा सिंहबहदुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।  संघको दोस्रो साधारणसभाले सिंहवहादुर तामाङको अध्यक्षतामा ५ उपाध्यक्ष , १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष र ११ सदस्य कार्य समिति निविर्रोध निर्वाचित गरेको हो ।

उपाध्यक्षहरुमा होम मोक्तान, देब लामा, दोलखाका बालकृष्ण थापा, कमल बस्नेत र मुरारी तामाङ रहेका छन् । त्यस्तै महासचिवमा नारायण मगर, सचिवमा आईतमान तामाङ र कोषध्यक्षमा सनमान गोलेले निर्वाचित भएका छन् ।