ईजरायलद्धारा गाजामा आक्रमण तिब्र

साउन ९, काठमाडौँ –  इजरायले  गाजामा आक्रमणलाई थप तिब्रता दिएको  छ  । उसले गाजामा आक्रमण गर्ने क्रममा बस स्टेशन र सार्वजनीक स्थललाई मुख्य निशाना बनाउँदै आएकोमा पछिल्लो समय स्कुल पनि निशानामा पर्न थालेका छन् ।

बम आक्रमणमा गाजामा संयुक्त राष्ट्रसंघले सञ्चालन गरिरहेको एक विद्यालय ध्वस्त भएको छ । विद्यालयमा पढिरहेका १३ जना स्कुले बालबालिका मारिएका छन्  भने २ सय भन्दा धेरै घाईते भएका छन् ।

बेत हानुनमा रहेको सो  भवनमा सयौं प्यालेष्टायनीले शरण लिइरहेका थिए । इजरायलले हमास अतिवादीविरुद्ध कारबाही चलाएको भनेपनि १६ दिनदेखिको संघर्षमा राष्ट्रसंघीय कार्यालयमै यस्ता क्षति पुगेको यो चौथो घटना मानिएको छ ।