बजेट अभावमा आकस्मिक प्रसुति सेवा बन्द

साउन ९,  तेह्रथुम  ।
सरकारले बजेट नछुट्याउदा पुर्वी पहाडी जिल्ला तेह्रथुमको जिल्ला अस्पतालमा वैशाख पहिलो सातादेखि भएको आकस्मिक प्रसुति सेवा बन्द भएको छ । अस्पतालले मातृ तथा बाल मृत्युदर घटाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आकस्मिक प्रसुति सेवा सञ्चालनमा ल्याए पनि बजेट निकासा नहुँदा बन्द भएको हो ।

परिवार स्वास्थ्य महाशाखाको आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालले करार सेवामा सेवा सन्चालन गरेको भएपनि करार अवधि सकिएपछि बजेट नआउदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ ।

अस्पतालमै जोखिमपुर्ण अवस्थाका आमाहरुको शल्यक्रियामार्फत बच्चा जन्माउन सकिने प्रसुति सेवा बन्द हुदा मासिक रुपमा जोखिमपुर्ण अवस्थाका झन्डै आधा दर्जन आमाहरु सुरक्षित प्रसुतिका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर हुने गरेको छ ।

जिल्ला अस्पतालमा सेवा नपाउँदा चर्को शुल्क र जोखिम मोलेर धरान र विराटनगरका सुविधासम्पन्न अस्पतालमा जान पुन बाध्य भएका छन् ।