एलडीओ विरुद्ध विशेष अदालतमा मुद्धा दायर

साउन ९, काठमाडौँ –  घुस लिदै गर्दा प्रक्राउ परेका रौतहटका स्थानीय विकास अधिकारी  बसन्तकुमार भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्धा दायर गरेको छ ।

झोलुङगे पुल निर्माण सम्बन्धी काम गर्दै आएको हेल्प लाइन नेपाल नामक संस्थाको सम्झौता नवीकरण गर्ने क्रमममा  भण्डारीले १ लाख २० हजार घुस लिदालिदै प्रक्राउ परेका थिए ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) तथा दफा ३ (१) (घ) बमोजिमको सजाय मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ ।