केन्पो च्याम्पियनसिपमाका लागी नेपाली टोली जापान जाँदै

साउन ९,काठमाडौं – जापान–नेपाल मैत्रीपूर्ण केन्पो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली आज जापान जाँदैछ । प्रतियोगिता जुलाई ३ देखि ९ तारिखसम्म जापानको हामातात्सुमा हुनेछ ।

च्याम्पियनसिपमा उत्तम गुरुङ, मेलिना शिरीष, अल्विना गुरुङ, पृथ्वीविक्रम शाही, दिवस तामाङ, प्रवेश पोखरेल, किरण राणा र जीवन राणाले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा नारादबहादुर खड्का र व्यवस्थापकमा शिशिर सुवेदी छन् ।