दुर्घटनाग्रस्त अल्जेरियन विमानको अवशेष फेला

साउन ९,काठमाडौं – हराइरहेको अल्जेरियाको राष्ट्रिय ध्वजावाहक विमानको अवशेष अफ्रीकी मुलुक मालीमा फेला परेको छ । एअर अल्जेरियाको ‘एएच ५०१७’ विमानको  दुर्घटना पछि जलेर टुक्राटुक्रा भएको अवस्थामा मालीनजिक फेला परेको बिबिसीिले जनाएको   छ ।

बुर्किना फासोका सेनाकाअनुसार विमान बुर्किनाको सीमादेखि ५० किलोमिटर टाढा उत्तरी मालीको मरुभूमी क्षेत्रमा दुर्घटना भएको हो । बुर्किना फासोको क्वागाडोउगोउबाट राजधानी अल्जियर्सका लागि उडेको विमान उडान भरेको ५० मिनेटमै सम्पर्कविहीन थियो

। विमानमा १ सय १० यात्रुसहित चालक दलका ६ सदस्य सवार थिए । विमानमा ५१ जना फ्रेन्च, २४ जना बुर्किनेब, ८ लेबनानी, चार अल्जेरियाली, दुई लक्जेम्बर्ग तथा एक÷एक जना स्वीस, नाइजेरियन, क्यामरुनी, युक्रेनी र रोमानियाली यात्रु थिए । चालक दलका ६ जना भने स्पेनी नागरिक हुन् । एजेन्सीको सहयोगमा