भारतीय विदेश मन्त्री स्वराज नेपाल आउदै

साउन ९,काठमाडौं -भारतीय विदेश मन्त्री सुष्मा स्वराज आज नेपाल आउदै छिन्   ।  नेपाल मामलाकी जानकार मानीने  स्वराज ३ दिने भ्रमणका लागी नेपाल आउन लागेकी हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन स्वराज आज साँझ ६ बजे काठमार्डाै आइपुग्ने परराष्ट मन्त्रालयले जनाएको  छ ।

२३ वर्षपछि हुन लागेको आयोगको बैठकका लागि २३ सदस्यको टोली विशेष विमानबाट नेपाल आउन लागेका हुन् । भोलिका लागि तय भएको बैठकका लागि सबै एजेण्डा तय भइसकेको र त्यस अघि आजै बैठकको तयारीका विषयमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा राजनीति, सुरक्षा र सिमो सिमा विवाद प्राथमिकतामा पर्ने भएका छन् । दुई देशबीच लामो समयदेखि लामो समयदेखि विवादमा रहको कालापानी सुस्ता सिमा विवादका विषयमा नेपालले भारतलाई जानकारी गराउने भएको छ ।

यस्तै भोलि हुने बैठक दुई देशको राजनीतिक, आर्थिका तथा आपसी हितका विषयमा केन्द्रित हुने छ । नेपाल भारत संयुक्त आयोग नेपाल र भारतको मामला हेर्ने सवोच्च संयन्त्र हो । भ्रमणका क्रममा स्वराजले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका मुख्य नेताहरुसँग पनि भेट्ने कार्यक्रम पनि तय भएको छ ।