विदेशी सस्ता बस्तु आयातममा प्रतिबन्ध लगाइने

साउन ९, काठमाडौं –  स्वदेशी उत्पादनलाई हानि गरेको भन्दै सरकारले सस्तो बिक्री मूख्य भएका विदेशी बस्तुको आयातमा रोक लगाउने तयारी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सस्ता बस्तुको आयातमा रोक लगाउने ऐनको मस्यौंदा तयार पारेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

विश्व व्यापार संगठनले समेत स्वदेशी उत्पादनले प्रतिष्प्रर्धा गर्न नसकेको अवस्थामा कानुन बनाएरै विदेशी बस्तुको आयातमा नियन्त्रण गर्न सकिने सुविधा दिएको छ ।

नेपाल पनि संगठनको एक सय ४७ औं सदस्य राष्ट्र हो ।

विदेशमा निर्मित बस्तुले समयमै बजार नपाई थन्किने र त्यस्ता बस्तु लागतभन्दा कम मूल्य निर्धारण गरी नेपाल पठाउने प्रवृत्ति छ ।