रेखाको झुकाव समाजसेवमा

काठमाडौं– ‘सिमसिमे पानीमा..’ वोलको गीतले कुनै वेला मुलुक नै गुञ्जिएको थियो ।  चर्चित गीतमा महिला आवाज दिएकी थिइन रेखा शाहले । पछिल्लो समयमा यि गायिकाको जिवन यात्रा मोडिएको छ ।  आजभोली उनको झुकाव समाज सेवामा वढेको छ । एक वर्ष अघि खोलेको रेखा शाह फान्डेशनबाट उनले बिहिबार राजधानीका २० जना जेहेन्दार एवं गरिब विद्यार्थीलाई सहयोग प्रदान गरिन् ।
‘कन्या मन्दिर उच्च माध्यमिक र कान्ति ईश्वरी राज्यलक्ष्मी माध्यमिकलाई १ लाख ३० हजार २ सय रुपैया प्रदान गरिन । त्यस्तै रेखाले हेल्प नेपाल नेटवर्कका रविन्द्र मिश्रलाई ११ हजार १ सय ११ रुपैूया सहयोग प्रदान गरिन् ।
लामो समयदेखि संगीतमा खटिएकी रेखाले समाजका विपन्न वर्ग, दलित, बालबालिका, गरिब एवं पछाडि पारिएका समुदायालाई सहयोग गर्न अक्षय कोष खाडा गर्ने योजना रहेको सुनाइन । उनले अक्षय कोषका लागि छिट्टै सुरसुधा समुहसं मिलेर संसारका केहि स्थानमा कार्यक्रम प्रस्तुत गर्ने इच्छा  रहेको सुनाइन् । ‘सहयोग जुटाउन सक्दो मेहनत गर्ने छु’ रेखाले भनिन् ‘खास गरि शिक्षामा जोड दिने मन छ ।’ रविन्द्रले समाजमा सेलिब्रेटी छवि बनाएका व्यक्तित्वले छिट्टै सहयोग जुटाउन सक्ने हुँदा उनीहरुले समाज सेवामा जोड दिनु पर्ने बताए ।