कांग्रेस पदाधिकारीको बैठक बस्दै

साउन ८, काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रम र संविधान निमाण लगायतका विषयमा छलफल गर्न कांग्रस पदाधिकारीको बैठक बस्दैछ । सरकारले अहिलेसम्म २६ जना सभासद मनोनयन गर्न नसकेको बिषयमा पदाधिकारी बैठकमा गम्भिररुपले छलफल हुने र सरकार संचालनका बिषयमा पनि छलफल हुने कंग्रेस प्रवतmा दिलेन्द्र बडुले जानकारी दिए । स्वास्थ्य उपचारपछि अमेरिकाबाट स्वदेश फकिए लगत्तै प्रधानमन्त्रि सुशिल कोइरालाले बैठकको आव्हान गरेका हुन । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बस्ने बालुवाटार स्रोतले जनाएको छ ।