अध्यक्ष ओली अस्पताल भर्ना

साउन ८, काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना भएका छन्।

स्वास्थ्य उपचारका लागि अस्ती  सिङ्गापुर प्रस्थान गरेका नेता ओलीलाई सो अस्पतालमा हिजो भर्ना भएको उनका  स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए  ।

सङ्क्रमणका कारण उहाँको दायाँ हात सुन्निने क्रम नघटेकाले उपचारका लागि सिङ्गापुर गएका हुन्।  स्वकीय सचिव आचार्यलेका अनुसार चिकित्सकको सल्लाहअनुसार टाढा बस्दा आउन जान समस्या भएका कारण उहाँलाई अस्पतालमै आराम गर्न भनिएको छ  ।