राते काइला प्रियंका चोपडाका बक्सिङ गुरु

साउन ८, काठमाडौं  –

Mary-Kom1नेपाली चलचित्रमा  राते काँइलाको नामले परिचित अभिनेता सुनिल थापा भारती अभिनेत्री प्रियंका चोपडाको बक्सिङ प्रशिक्षक बन्ने मौका पाएका छन् । नेपाली चलचित्रमा खलनायकको भूमीकामा लामो समय अभिनयबाट खारिएका थापा प्रियंकाको निजी जीवनमा नभई चलचित्र  मेरी कोममा बक्सिङ गुरु बनेका हुन् । थापाले अभिनय गरेको हिन्दी फिल्म मेरी कोम को ट्रेलर बुधबार सार्वजनिक भएको छ ।

भारतीय बक्सर मेरी कोमको जिवनीमा आधारित रहेर बनेको फिल्मको मुख्य भुमिकामा छिन प्रियंका चोपडा र त्सपछिको मुख्य भुमिका अभिनेता थापाले निर्वाह गरेका छन् ।  चलचित्रमा थापा प्रियंकाको बक्सिङ प्रशिक्षकको भुमिकामा छन् ।

वलिउडका निकै सफल निर्देशक संजय लिला भंसालीले निर्माण गरेको यो फिल्म प्रदर्शन अगावै निकै चर्चामा छ । महत्वपुर्ण भुमिकामा देखिएका नेपाली अभिनेता सुनिल थापा फिल्मको प्रदर्शन पश्चात वलिउडमा जम्ने संकेत देखिएको छ ।