राहदानी लिनेको सङ्ख्यामा दोब्बर

साउन ८, अछाम – अछाममा हरेक वर्ष दोब्बरको सङ्ख्यामा राहदानी लिने गरेको पाइएको छ । विशेषगरी वैदेशिक रोजगारीका लागि राहदानी लिने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७०÷०७१ मा ४५४ जनालाई राहदानी वितरण गरिएको छ भने राहदानी विभागमा हालसम्मकै बढी एक हजार ४४७ जनाको सिफारिस पठाइएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०६९÷०७० मा जिप्रकाबाट ३३३ जना र राहदानी विभागबाट ६२१ गरी ९५४ जनालाई राहदानी वितरण गरिएको छ ।  जिप्रकाबाट आव २०६७÷०६८ देखि राहदानीका लागि राहदानी विभागमा सिफारिस पठाइने व्यवस्था रहेको र सो आवमा २५३ जनाको राहदानी सिफारिस पठाएको थियो भने आव २०६८÷०६९ मा जिप्रकाबाट २३६ र राहदानी विभागमा सिफारिस गरिएका ४०० गरी ६३६ जनाले राहदानी सेवाग्राहीले लिएका छन् । राहदानी लिने व्यक्तिहरूले स्वदेशमा रोजगारीका अवसर नभएकाले वैदेशिक रोजगारीका लागि राहदानी लिने गरेको बताएका छन् ।