संसद बैठकमा विनियोजन विधेयकमाथि छलफल

साउन ८ , काठमाडौँ  ।  व्यवस्थापिका संसदको बैठक अहिले बसिरहेको छ ।  संविधानसभा भवन नयाँ बानेश्वरमा जारी  बैठकमा विनियोजन विधेयकमाथि छलफल शुरु गर्ने कार्यतालिका भए पनि रातो किताब छाप्न ढिलाइ भएकाले छलफल प्रभावित हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । स्थानीय विकास, सिंचाई, भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयले विवरण उपलब्ध नगराउँदा राष्ट्रिय योजना आयोगले बजेट भाग दुई किताब छाप्न नसकेको जनाईएको छ । सरकारले व्यवस्थापिका संसदमा पेस गरेको चालू आर्थिक वर्षको विनियोजन विधेयक भदौ १५ गते पारित गर्ने तयारी छ । कार्यव्यवस्था परामर्श समितिले श्रम तथा रोजगार, महिला बालबालिका तथा समाज कल्याण, वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद मन्त्रालयका लागि विनियोजन गरिएको शीर्षकमाथि ११ गतेसम्म छलफल गर्ने तय गरेको छ ।