संवाद समितिको बैठक आज पनि

साउन ८, काठमाडौँ – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक आज पनि बस्दैछ । पहिलो संविधानसभाको संवैधानिक समितिले गरेका सहमतिहरुको स्वामित्व लिन शुरु गरेको समितिले आज पनि त्यसलाई निरन्तरता दिने भएको हो ।

सम्वाद समितिले सवबैधानिक समितिअन्तर्गतको उपसमितिले सहमति गरेका ४८ विषय मध्ये अस्ति ११ वटा सहमति स्वीकार गरेको हो । बैठक अहिले केहीबेरमा शुरु हुँदैछ ।