दोस्रो नेपाल कप फुटबल हुने

साउन ८ , इलाम  – दोस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता इलाममा हुने भएको छ । राष्ट्रिय खेलकुद सङ्घ नेपाल र स्पोर्ट्स फर अल क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी असोज २४ देखि ३१ गतेसम्म इलामको फिक्कलस्थित करफोक उच्चमाध्यमिक विद्यालयको मैदानमा हुने आयोजक समितिले जनाएको  छ  । प्रतियोगितामा १० पुरुष टोलीसहित भारत र भुटानका टोलीलाई पनि आमन्त्रण गरिएकोे छ । प्रतियोगिताका विजेताले एक लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार  पाउनेछन् ।