बलात्कारी बाबुु पक्राउ

साउन ७, सर्लाही – आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सर्लाहीको मधुवनगोठ गाविसका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको कोठामा छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा मधुवनगोठ गाविसका ३५ वर्षीय मुकेशकुमार कर्णलाई प्रहरीले पक्राउ गरेको हो । कर्णले मंगलबार साँझ १३ वर्षीया जेठी छोरीलाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकाकी आमा मनोरमा देवीले श्रीमानविरुद्ध आप्mनै छोरीलाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।  बालिकाको जिल्ला अस्पताल सर्लाहीमा उपचार भईरहेको छ ।