विमान दुर्घटनामा ५१ को मृत्य, ७ घाइते

साउन ८, काठमाडौँ – ताइवानमा विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको भने  ७ जना घाइते भएका छन् ।  बुधबार ट्रान्स एसिया एयरवेजको  विमान आकस्मिक अवतरण गर्ने क्रममा मागोङ विमानस्थल नजिक दुर्घटना भएको बिबिसीले जनाएको छ ।

काओसिउङ सिआओग्याङ विमानस्थलबाट पेन्गुको मागोङका लागि उडेको विमानमा चालक दलका ४ जना सदस्य र ५४ जना यात्रु रहेका छन् । आकस्मिक अवतरणका क्रममा धावनमार्गमा विमानमा आगो लागेको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको र थप अनुसन्धान भइरहेको अन्तराष्ठिय संचार माध्उमहरुले जनाएका छन् ।  ।