कराते खेलाडी सिंह सम्मानित

साउन ७, काठमाडौँ -राष्ट्रिय खेलकुद परिषद् राखेपले युएसए खुला कराते प्रतियोगिताका पदक विजेता जनक सिंह खड्कालाई आज सम्मान गरेको छ ।     अमेरिकाको लस भेगसमा भएको सो प्रतियोगिताअन्तर्गत पुरुष ६८ केजी तौल समूहमा नेपाललाई कास्यपदक दिलाएबापत खड्कालाई सम्मान गरेको हो । उक्त प्रतियोगिता गत वैशाखमा भएको थियो ।     कास्यपदक विजेता खड्कालाई राखेप सदस्य–सचिव युवराज लामा, नेपाल कराँते महासङ्घका अध्यक्ष दावा गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनलगायतले एक कार्यक्रमबीच खादा र फुलमाला लगाउँदै सम्मान गरेका थिए ।