निर्णय गर्नुपर्ने सूचीले घेरीए प्रधानमन्त्री

साउन ७, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइराला एक महिने  स्वास्थ्य उपचारको लागि अमेरिका गएको बेलामा मुलुकमा एक दर्जनभन्दा बढी निर्णय उनको अनुपस्थितिमा थन्किएका छन् ।  हिजो फर्के लगत्तै आज कोइरालाको निर्णय कुरेर बसेका दर्जनौँ छिनोफानो हुन बाँकी विषय उनको टेबुलमा लाम लागेका छन् ।

सरकार प्रमुखको अनुपस्थितिमा  सबैभन्दा महत्वपुर्ण मानिएको व्यवस्थापिका संसद अन्र्तगतका १४ समितिको सभापति चयन प्रक्रिया प्रधानमन्त्री कोइरालाको पर्खाइमा छ । दलहरुबीच भागबण्डाको बिबादका कारण समितिले पुर्णता नपाउदा व्यवस्थापिका संसदकोे काम प्रभावित हुदै आएको छ । सरकार गठन भएको लामो समय बितिसक्दा समेत संसद अन्र्तगतका ११ विषयगत तथा २ प्रक्रियागत र एक विधायन समितिले अझै पुर्णता नपाउदा संसदको काम प्रभाबित भएको छ ।

त्यस्तै अर्को महत्वपूर्ण काम २६ सभासदको मनोनयन हुन सकेको छैन । संविधानसभाको निर्वाचन भएको नौ महिना पुरा हुन लाग्दासमेत सरकारले मनोनित गर्ने २६ सभासदको मनोनयम हुन सकेको छैन् ।

यसैगरी विभिन्न १६ मुलुकमा रिक्त रहेका राजदुत नियुक्ती पनि प्रधानमन्त्रीको अनुपस्थितिले गर्दा हुन सकेको छैन् । त्यस्तै प्रधानमन्त्रीको अनुपस्थितिमा कांग्रेसका केही मन्त्री र एमालेको सहयोगमा मुख्य सचिव लिलामणि पौडेललाई हटाउने निर्णय हुन सकेको छैन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा बौद्ध धर्म गुरु श्यामार्पा रिम्पेछेको शव नेपाल ल्याउनबाट रोकिएको छ । समितिका सभापति चयन हुन नसक्दा समितिका जेष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन् । मिनी संसदका रुपमा चिनिने समितिको नियमित बैठक समेत बस्न सकेका छैन् ।  विभिन्न देशमा रिक्त  राजदुत नियुक्ती प्रक्रिया पनि कोइरालाकै अभावमा ठप्प थियो  ।

यसैबिच असार  मसान्तमा ७ सचिवले अवकास  लिएपछि रिक्त पदको टुङ्गो लगाउने विषय पनि अन्योलमा परेको छ । यो सुची पनि कोइरालाकै पर्खाइमा  छ ।

यि लगायत थुप्रै निर्णय प्रम कोइरालाको निर्णय र हस्ताक्षरलाई कुरी बसेका छन् । प्रम कोइराला ३ महिना पछि पुन उपचारकै क्रममा फलोअपका लागी अमेरीका जानु अघि यि कामले जिनकास पाई सक्ने नसक्नेमा भने उक्तिकै आशंका छ जती संविधानसभाका मनोनीत गर्न बाँकी २६ सभासद तत्काले नियुत्ति गर्ने भनिएको थियो ।