मेगा बैंकको शाखा भारतमा पनि विस्तार गर्न माग

साउन ७ , काठमाडौँ – मेगा बैंकका अध्यक्ष डा मदन दाहालले भारतका विभिन्न सहरमा बैंकको शाखा खोल्न माग आएको बताएका छन् । बैंकको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलमा उहाँले भारतको सिक्किम, दार्जिलिङ र देहरादुनबाट बैंकको शाखा खोल्न माग आएको जानकारी दिए ।

गत वर्ष बैंकले आफ्ना प्रवद्र्धक र सेयर धनीलाई पहिलोपटक नौ प्रतिशत नगद लाभांश बाँड्न सफल भएको बताउँदै उहाँले छोटो समयमा अन्य बैंकभन्दा बढी लाभांश बाँड्न सक्नु बैंकको उपलब्धि भएको दाबी गरे । अध्यक्ष दाहालले बैंक तथा वित्तीय संस्थासँग गाभिन र एक्विजेसनमा जान पनि बैंक तयार रहेको बताए  ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक वर्षमा ग्राहकको मागबमोजिम भिसा कार्ड ल्याउने बताए ।

उनका अनुसार गत आर्थिक वर्षसम्ममा मेगा बैंकले रु १७ अर्ब १५ करोड बराबर निक्षेप सङ्कलन गरेको छ भने रु १४ अर्ब ८७ करोड बराबरको कर्जा प्रवाह गर्न सफल भएको छ । त्यसैगरी बैंकको ग्राहक सङ्ख्या करिब एक लाख ३० हजार पुगेको छ ।