३९ लाख राजस्व सङ्कलन

७ साउन,गौशाला–  जिल्ला ट्राफिक कार्यालय महोत्तरीले आर्थिक वर्ष २०७०÷७१ मा ३९ लाख राजस्व   सङ्कलन गरेको छ ।  जिल्लाको बर्दिवासस्थित मुख्य कार्यालय, सदरमुकाम जलेश्वरस्थित ट्राफिक कार्यालय र विभिन्न ठाउँमा गरिएको सवारी जाँचबाट कुल  ३९ लाख ४० हजार ५० राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सो क्रममा ट्राफिक प्रहरीले १४ हजार १३१ सवारीसाधनलाई जरिवाना गरेर  ३८ लाख ५१ हजार ५० असुली गरेको जनाएको छ भने लागु औषध सेवन गरी सवारी चलाउने ८९ जनाबाट जरिवाना स्वरुप ८९ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।