माओवादीले फेरि प्रधानमन्त्रिसंग वार्ता गर्दै

साउन ७, काठमाडौं– सर्वपक्षीय राजनीतिकसभाबाट नयां संविधान जारि गरिनु पर्ने आवाज उठाउदै आएको नेकपा–माओवादीले प्रधानमन्त्रीसंग फेरि वार्ता गर्ने भएको छ । जनताको संविधान निमार्णका लागि राजनितीक सहमति गरि सर्बपक्षिय भेलामार्फत संविधान निर्माणका बिषयमा गम्भिररुपले छलफल गर्ने भन्दै माओवादीले प्रधानमन्त्रि सुशिल कोइरालासंग र्वाताको तयारि गर्न लागेको छ । हालै सम्पन्न पार्टिको केन्द्रीय समितिको पुर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले अब छिट्टै प्रधानमन्त्रिसंग वार्ता र छलफल फेरि अगाडी बढ्ने जानकारी दिए । अध्यक्ष बैद्यले संविधानसभा अन्तर्गतको संवाद समितिसंग आफुले कुनै वार्ता नगर्ने समेत बताए । असार १८ गतेदेखि साउन ५ गतेसम्म चलेको माओवादी केन्द्रिय समितीको बैठकले तत्कालिक राजनीतिक कार्यनीतिका रुपमा नया राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, संविधानसभाको विघटन, सर्वपक्षीय राजनीतिकसभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण,  र जनजीविकासंग प्रत्यक्ष सरोकार राख्ने कुराहरुको याथोचित समाधान जस्ता मुद्धाहरुलाई आफ्नो तत्कालिक राजनीतिक कार्यनीति बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयाको थियोे । साथै संघीय गणतान्त्रिक जनसंविधानका अन्तर्वस्तुसम्बन्धी पार्टी माओवादीको नीति सार्वजनिक गर्ने समेत पत्रकार जानकारी दिइयो ।
एक अर्को प्रसंगमा उनले भारतबाट हालै नेपालको सार्वभौमिकतालाई चुनौती दिनेगरी जलस्रोतसम्बन्धी प्रस्ताव आएकाले त्यो देशको हित बिपरित रहेको ठहर गर्दै आफुहरु त्यस बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । उतm प्रस्तावमा नेपालको विद्युत उत्पादनमा भारतको मात्रै लगानी हुनुपर्ने र अन्य मुलुकले लगानी गर्न नपाउने, विद्युतको बिक्री मूल्यसम्म समेत भारतले नै निर्धारण गर्ने जस्तो राष्ट्रघाती प्रस्तावले भारतको विस्तारवाद अझैं प्रष्ट भएको अध्यक्ष बैदको दाबी छ । भारतसंग गरिने उर्जा ब्यवपार सम्झौतामा सबैको सहमती हुनुपर्ने माओबादीको भनाई छ ।