साउन ७, काठमाडौ– आफुहरुका मागप्रति सरकार बेखबर बनेको भन्दै देशभरका महिला स्वास्थ्य स्वयंसेविकाहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सरकारले आफ्नो बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका मागहरु कही कतै पनि नसमेटिएको भन्दै उनिहरु रुष्ट भएका हुन । नेपाल स्वास्थ्य स्वयंसेवी संघले आज रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना नौं सुत्रिय माग सरकार समक्ष राखेको छ । महिला स्वास्थ्य स्वयंसेविकाले महिनामा दुई हजार पाउनु पर्ने,वार्षिक भत्ता २४ हजार रुपैया, सेवा छोड्दा काम गरेको प्रत्येक वर्षको १० हजार रुपैयाका दरले एकमुष्ट रकम पाउनु पर्ने , स्वास्थ्य विमा हुनु पर्ने, पोशाक भत्ता १५ हजार पाउनु पर्ने, चाडबाडं खर्च बाफत १० हजार रुपैया पाउनु पर्ने लगायतका नौ सुत्रिय मागहरु रहेको संघकी अध्यक्ष साबित्री मैनाललिे जानकारी दिईन । आफना जायज मागहरुप्रति सरकार गम्भिर नभए साउन २३ गते देखि आन्दोलनमा उत्रने अध्यक्ष मैनालीले बताइन । उनका अनुसार साउन २३ गते स्वास्थ्य मन्त्रालयमा धर्ना दिने , भदौ ५ गते स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालय घेराउ गरिनेछ । यति गर्दा पनि सरकारले आफ्ना मागहरुप्रति कुनै सुनुवाई नगरे सडक तताउन बाध्य हुने उनको भनाई छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले हाल भिटामीन ए, पोलीयो थोपा र आइरन चक्की बाड्ने तथा बाल रोग, एकिकृत व्यवस्थापन, मातृ सुरक्षा चक्की, कण्डोम, पिल्स र पुनर्जलीय झोल ,चक्की बितरण गर्ने, गर्भवती तथा सुत्केरी महिलाको स्याहार, क्षयरोग, कुष्ठरोग, औलो, खोप, लगाएतका सरकारका ८१ वटा स्वास्थ्य सेवा दिईरहेका छन ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक