दुर्घटनामा २ जनाको मृत्यु

साउन ७, काठमाडौँ –

राजधानीमा पानी ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज  बिहान नम्वर नखुलेको पानी ट्यांकरले ठक्कर दिदा अन्दाजी ५० बर्षका एक बृद्धको मृत्यु भएको हो । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । उता कपिलवस्तुको चन्द्रौटामा भएको सवारी दुर्घटनाबाट गम्भीर घाइते अजिगरा–१ का २५ वर्षीय प्रेमकुमार दुवेदीको उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दुवेदीको उपचारका क्रममा गएराती मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको  छ । यस्तै पोखराको लेकसाइडमा फेवातालको फुट ट्रयाक नजिकै होटल बुमराङ पछाडि ३० वर्षिय डुंगा चालक श्याम नेपाली मृत अवस्थामा भेटिएका हुन् । फेवातालमा डुंगा चलाउँदै आउनु भएको नेपालीको मृत्युबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ ।