आपूर्ति मन्त्रीको नेतृत्वमा नेपाली टोली भुटान जाँदै

साउन ७, काठमाडौँ –

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र साफ्टाको वाणिज्य मन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाली  प्रतिनिधि मण्डलको नेतृत्व गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा आज भुटानको थिम्पु जाने भएका छन्   ।

साफ्टाको बैठकमा मन्त्री थापाले नेपालको तर्फबाट क्षेत्रीय आबद्धता, सार्क सदस्य मुलुकबीच व्यापारको अभिवृद्धि, व्यापार उदारीकरण, प्रक्रिया सरलीकरण तथा क्षेत्रीय स्वतन्त्र व्यापार क्षेत्रका बारेमा नेपालको धारणा राख्नुे छन्  । साप्टाको बैठक भोलीदेखि शुरु हुने छ ।

दोस्रो चरणको संवेदनशील वस्तुहरूको समितिको बैठकमा पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीहरूको सहभागिता रहनेछ । नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यहरूमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मलेगो,  सहसचिव जीवराज कोइराला तथा परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयका पदाधिकारीको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रिस्तरीय बैठकअघि आज सहसचिवस्तरीय विशेषज्ञ समितिको नवौँ बैठक बस्दै छ । सहसचिवस्तरीय बैठकमा नेपाली टोलिको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले गर्नुे परराष्ट मन्त्रालयले जनाएको  छ ।