३६ औँ पुष्पलाल स्मृति दिवस मनाइदै

साउन ७, काठमाडौँ –

आज ३६ औं पुष्पलाल स्मृति दिवस, कम्युष्टि पार्टिहरुले विभिन्न कार्यक्रम गरी मनाउदैछन् । नेकपा एमालेले आज बिहान किर्तिपुरको पुष्पलाल स्मृति पार्क चम्पादेवी मा विषेश कार्यक्रमको आयोजना गर्यो ।  कार्यक्रममा बरिष्ठ नेता माधब कुमार नेपाल निर्वतमान अध्यक्ष झलनाथ खनाल लगायतका शीर्ष नेताहरु सहभागिता जनाएका थिए ।

यस्तै एकीकृत नेकपा माओबादीले पनि पहिलो पटक आज पुष्पलाल स्मृति दिवस मनाउन लागेको छ । पुष्पलालका बिचार अहिले पनि शान्र्दभिक रहेको ठहर गर्दै माओबादीले स्मृति दिवस मनाउन आज विषेश कार्यक्रम आयोजना गरेको छ । पार्टि केन्द्रिय कार्यलय पेरिसडाँडा कोटेश्वरमा अब केहिबेरपछि शुरु हुने कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता बाबुराम भट्टराई लगायत शीर्ष नेता सहभागि हुुनेछन् ।

नेपाल कम्युनिष्ट पार्टिका संस्थापक नेता पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापमा भएको थियो । समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य सहित श्रेष्ठले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए ।

श्रेष्ठले भारतको कलकत्तामा तत्कालीन राणा शासकको अत्याचार र दमनका विरुद्ध सङ्घर्षमा उत्रीएका थिए भने, विसं २००४ मा नेपाली राष्ट्रिय काँग्रेसमा सहभागि भई नागरिक अधिकारका लागि गरेको आन्दोलनमा समेत सक्रिय सहभागिता जनाएका थिएद । २००६ सालमा कलकत्तामा श्रेष्ठ सहित नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र नरबहादुर कर्माचार्यले कम्युनिस्ट पार्टीको घोषणा गरेका थिए । विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा श्रेष्ठको निधन भएको थियो ।