मोडेल अफ द ईयर २०१४को तयारी अन्तिम चरणमा

साउन  ६ ,काठमाडौँ –

नेक्स्ट मोडेल नेपालको हायोजनामा यस बर्षको  मोडल अफ द ईयर २०१४ हुने  भएको छ ।  आम जनमासमा रोचक एंव छुटै प्रकारको कार्यक्रम प्रस्तुत गर्दै आएको नेक्स्ट मोडल्स नेपालले यसुअघिनै मिस नर्स नेपालको आयोजना गरिसको छ्र ।  आयोजक नेक्स्ट मोडल नेपालले आम जनमानसमा मोडलिङ पेशाप्रति सकारात्मक सोच विकास गर्दै मोडिलिङ पेशा लाई व्यवसायिकता प्रदान गरि समाज प्रति उत्तर दायित्व बनाउने उदेश्य लिएको नेक्स्ट मोडेल नेपालका निर्देशक सुबास सिंह ठकुरीले बताएका छन् ।model of the yr

ठकुरीका अनुसार विसं २०६७ सालमा औपचारिक स्थापना भएको नेक्स्ट मोडल्स नेपालले इच्छुक व्यक्तिहरुलाई व्यक्तित्व विकास मार्केटिङ तालिम सुन्दरता प्रशिक्षण मोडलिङ तालिमहरु प्रदान गरि बजारमा रहेको मागहरुलाई यथासक्य परिपुर्ति गर्दै आइरहेको छ।

स्थापनाकालको छोटो समयमा अपार सफलता पछि व्यवसायिक मोडलिङमा लागेका युवा युवतिहरुलाई अन्तराष्ट्रिय स्तरको तालिमहरु प्रदान गरि नेपाली पहिचानलाई विश्वबजारमा महत्वपूर्ण भुमिका खेलिरहेको ‘फेसन उद्योग’ सम्म पुर्याउने र सिप दक्षता बृद्धि गरी आत्म निर्भरता बनाउने उदेश्यले अर्का अलग धारको कार्यक्रम ‘मोडल अफ द इएर २०१४’ को आयोजना गर्न लागिएको निर्देशक सुबास सिंह ठकुरीले सबकोखबरलाई जानकारी गराएको छ्र

ठकुरीका अनुसार उक्त कार्यक्रमको पहिलो चरणमा विभिन्न क्षेत्रका व्यवसायिक मोडलहरु मध्ये उत्कृष्ट ४०मध्ये २० युवक २० युवती प्रतिस्पर्धिहरुलाई तालिम चरणमा प्रवेश गराइने बताइएको छ। उक्त ४० प्रतियोगिहरुलाइ अन्तराष्ट्रिय बजारमा आफ्नो प्रस्तुतिका लागि बनाइने छ। यहि श्रावण १७ गते शनिवार हुने अडिसनमा नेपाल भरिका ५०० भन्दा बढि व्यवसायिक मोडलहरुको प्रत्यक्ष सहभागिता जनाउने भएका छन् ।

कार्यक्रम अन्त्राष्ट्रिय स्तरको कोरियोग्राफि अन्तरराष्ट्रिय स्तरको फोटोग्राफि, व्यक्तित्व विकास फिटनेस कक्षाहरु, मार्कटिङ स्कील लगाएतका कक्षाहरु देशका प्रमुख शहरहरुमा गरिने ‘फेसन रिभोलुसन टुर’यस कार्यक्रमका आकर्षण पक्ष रहने बताएका छन् ।
कार्यक्रम तालिका अनुसार २०७१ साल श्रावण १७ गतेबाट अडिसन सुरु हुने छ।