अनिश्चितकालीन रसुवा बन्दको आब्हान

साउन  ६ ,रसुवा –
चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्र्दै आएका स्थानीयबासीन्दाले आजदेखि जिल्लामा अनिश्चितकालीन यातायात सेवा बन्द गरेका छन् ।

स्थानीयबासिहरुको बन्द आह्वानका कारण आज बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन । चिलिमे, साङजेन रसुवागढी जलबिद्युत सरोकार समिति र सम्पुर्ण रसुवाबासिको आह्वानमा बन्दको आयोजना गरिएको स्थानीय उज्जल अधिकारीले जानकारी दिए ।

उता प्रमुख जिल्ला अधिकारी उद्धब प्रसाद भट्टराईले भने प्रबन्ध संचालक तोक्ने जिम्मेबारी सरकारको रहेको बताउदै कुनै पनि स्थानमा शान्ति भंग हुन नदिने बताएका छन् ।