बिपी सानो देशको ठूलो नेता

साउन ६, काठमाडौँ –

नेपाली काँग्रेसका वरिष्ठ नेतो बिपी कोइराला सानो देशको ठूलो नेता भएको बताएका छन् । बिपी कोइरालाको जन्म शताब्दी एवम् स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय कार्यालय र बिपी कोइराला मेमोरियल ट्रस्टद्वारा आज सानेपामा आयोजित रक्तदान कार्यक्रममा देउवाले भौगोलिक रुपमा सानो देश नेपालमा जन्मेका बिपीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट उचाइ प्राप्त गरेको बताए ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई आदर्शका रुपमा व्यावहारिक प्रयोगमा ल्याएका बिपी कोइरालाले नेपाली जनताको स्वतन्त्रका लागि गरेको कठिन सङ्घषको स्मरण सुनाए ।

बिपीले जनताका आधारभूत आवश्यकताका रुपमा गास, बास, कपासका साथै शिक्षा, स्वास्थ्य जस्ता कुरालाई उच्च प्राथमिकता दिएको उल्लेख गरे । साथै नेपाल गाउँ नै गाउँले भरिएको देश भएका कारण विकासको काम गाउँबाटै सुरु गर्नुपर्नेमा बिपीको जोड रहेको पनि उनले प्रस्ट्याए ।