अध्यक्ष ओली सिङ्गापुर प्रस्थान, कावा प्रम गौतम एमालेको पनि काव अध्यक्ष

साउन  ६ ,काठमाडौँ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिङ्गापुर प्रस्थान गरेका छन् । ओली दिउँसो १ : ४५ को थाई एयरको उडानबाट थाइल्यान्डको बैंकक हुँदै सिङ्गापुरका लागि प्रस्थान गरेको  उनननी निकट नेता भानुभक्त ढकालले जानकारी दिए  ।

नेता ढकालका अनुसार चिकित्सकको परामर्शमा सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा अध्यक्ष ओलीको उपचार हुनेछ । सो अस्पतालका चिकित्सकले बुधबारका लागि समय दिएकाले हतारहतार भ्रमणको कार्यक्रम तय गरिएको बताइन्छ छ ।

उपचारका लागि करिब एक साता लाग्ने बताइएको  छ । सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले ओली थप उपचार गराउन जानुपरेको ढकालले बताए ।

यसैबिच ओली उपचारका लागी सिङगापुर प्रस्थान गरेसँगै पार्टीको कार्यभार उपाध्यक्ष वामदेव गौतमलाई सुम्पीएका छन् । एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीमा गौतम वरिष्ठतम उपाध्यक्ष भएकाले विगतको परम्पराअनुसार कार्यवाहक प्रधानमन्त्री समेत रहेका गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको एमालेले जनाएको  छ  ।

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको मर्यादाक्रम तोक्ने विषयमा यही साउन २५ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्णय गर्ने ढकालले बताए ।