प्रधानमन्त्री कोइराला आज साँझ स्वदेश फर्किदै

 साउन ६, काठमाडौं –

प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा स्वास्थ्य उपचारपछि आज स्वदेश  फर्किने भएका छन् । फोक्सोको क्यान्सरको उपचारको क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री  कोइराला आज साँझ ८ बजे काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको उनका प्रेस सअयोगी प्रकाश अधिकारीले जानकारी दिए ।

चिकित्सकहरुसँगको सल्लाह अनुसार तीन महिनापछि फलोअपमा जानेगरि प्रधानमन्त्री फर्किन लागेका हन् ।  कोइराला फोक्सोमा देखिएको दागलाई नेपालमा क्यान्सरको आशंका ब्यक्त गरिएपछि प्रधानमन्त्री गत असार २ गते अमेरिका गएका थिए ।  त्यहाँ रहँदा कोइरालाको फोक्सोको क्यान्सरको उपचारको क्रममा पाँच पटक रेडियोथेरापी गरिएको थियो ।