शान्ति र सुशासन नै सरकारको मुख्य प्राथमिकता : गौतम

साउन ६, वीरगन्ज –

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले देशमा जनतालाई सुशासनको अनुभूति दिलाई आर्थिक समृद्धिको आधारशीला खडा गर्ने र विकास निर्माणको कार्यलाई तीव्रता दिने सरकारको मुख्य प्राथमिकताका काम भएको बताएका छन् ।

गृह मन्त्रालयद्वारा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहा“ले गौतमले सबै कार्य सम्पन्न गर्न मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन स्थापना गर्न अपरिहार्य रहेको जीकिर गरे । जसका लागि सरकारका सबै अङ्ग समन्वयात्मक रुपमा इमान्दारीका साथ अगाडि बढ्नुपर्नै उनको तर्क थियो ।

उनले नेपाली जनताले चाहे अनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी लामो सङ्घर्षपछि प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत र सुदृढ गर्नु नै मुलुकको अहिलेको प्रमुख एजेन्डा भएको पनि बताएका छन् ।

सरकारका प्रतिनिधिमूलक निकायका रुपमा रहेका जिल्ला प्रशासन कार्यालयलगायतका अन्य सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ सरल, चुस्तदुरुस्त, जनमुखी र पारदर्शी बनाउन मुस्कानसहितको सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै  संविधान जारी गर्ने र शान्ति प्रक्रियाका बा“की काम सम्पन्न गर्ने कार्य बाँकी नै रहेकाले शान्ति सुरक्षामा आउन सक्ने जोखिम र संवेदनशीलतालाई समेत ध्यानमा राखेर सुदृढ सुरक्षा व्यवस्था मिलाउन सहभागी सबै सुरक्षा अधिकारीलाई निर्देशन दिए ।