बिमानको ब्ल्याक बक्स बिद्रोहीद्वारा मलेसिायालाई प्रदान

साउन ६, काठमाडौं –

युक्रेनका बिद्रोहीले पूर्वी युक्रेनमा दुर्घटना भएको मलेसियन बिमानको डाटा रेर्कडर अर्थात ब्ल्याक बक्स मलेसियालाई जिम्मा लगाएका छन । बिद्रोहीले आफु नियन्त्रीत क्षेत्रमा खसालिएको मलेसियन बिमानको उडान डाटा रेर्कडर मेसियन विशेषज्ञलाई बुझाएका हुन ।

दोनेत्सकका एक विद्रोही नेताले सो ब्ल्याक बक्स मलेसियन अधिकारीलाई हस्तान्तरण गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गर्न आग्रह गरेका छन ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले घटनाको जाँचको लागि सो क्षेत्रमा सबैलाई जान दिन आग्रह गरेको केही घण्टामा नै विद्रोहीले दुृर्घटना स्थलबाट नियन्त्रणमा लिएको ब्ल्याक बक्स मलेसिया सरकारलाई हस्तान्तरण गरेका हुन ।

गत शुक्रबार मलेसियन एयरलाईन्सको बिमान दुर्घटनामा हुँदा २ सय ९८ जनको मृत्यु भएको थियो ।