स्वास्थ्यकर्मिमाथि गोलि प्रहार

साउन ६, काठमाडौं –
सुनसरीको कप्तानगञ्जमा एक स्वास्थ्यकर्मीमाथि गोली प्रहार भएको छ । गएराती अज्ञात समूहको गोली प्रहारबाट उपस्वास्थ चौकी कप्तानगञ्जमा कार्यरत अहेब नारायण साह घाइते भएको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार साहले राती गोरु चोर्दै गरेको देखेपछि हल्ला गर्दा गोली प्रहार भएको थियो । बाँया पाखुरामा गोली लागेका साहको विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने उक्त समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।