एमाले अध्यक्ष ओली उपचारका लागी थाइल्याण्ड जाँदै

साउन ६, काठमाडौं –  हातको संक्रमणले दुःख दिएपछि एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । अध्यक्ष ओली साँढे १ बजेको उडानबाट  जाने एमालेले जनाएको छ ।  ओलाीले झण्डै एक महिना अघि थाइल्याण्डको बैँककबाट उपचार गराएर फर्केका ओली फलोअपका लागी जान लागेका हुन् । उनको बसाइ कति लामो हुन्छ भन्ने यकिन छैन ।

बैंककको बुमरुमगाड अस्पतालमा फगल मेनेन्जाइटिसको उपचार गरेर फर्केयता ओलीको दाहिने हात स्वस्थ छैन । प्रत्यारोपण गरिएको मृर्गौलाका लागि खाइरहेको औषधिले ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको छ । त्यसैले फगल म्यानेन्जाइटिस केही ठिक भएपनि उनी पुर्ण स्वस्थ हुन सकेका छैनन् ,उनी थप समस्यामा परेका छन् । दाहिने हात सुन्निएको समस्या तीन महिनाभित्र हट्दै जाने चिकिन्सकले बताएको छ ।

सत्ताधारि दुइ प्रमुख दलका प्रमुख नेता पालैसंग स्वास्थ्यउपचारका लागि विदेश धाउँदा देशमा राष्ट्रिय महत्वका र तत्काल निर्णय गर्नु पर्ने विषयहरु अड्किएका छन् । संविधानसभाका लागि २६ जना सभासद मनोनयन लगायत विषय अन्योलमा छ ।