महिनैपिच्छे तेलको नयाँ मूल्य तोकिने

साउन ६, काठमाडौं -सरकारले नेपाल आयल निगमलाई अन्तर्राष्ट्रिय बजारअनुसार महिनैपिच्छे इन्धनको मूल्य तोक्न निर्देशन दिएको छ । निगमको नोक्सानी घटनाएरु व्यावसायिक बनाउन यो कदम चालेको हो ।

वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले साउन १५ भित्रै अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य तोक्न निर्देशन दिएपछि निगमले तयारी थालेको नागरिक दैनिकमा खबर छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य छिटै कार्यान्वयनमा ल्याउने तयारी गरिरहेका छौं,’ निगमका कार्यकारी निर्देशक चन्द्रिकाप्रसाद भट्टले भने, ‘स्वचालित प्रणालीअनुसार मूल्य तोक्ने मोडेल तयार पारिरहेका छौं ।’

इन्डियन आयल कर्पोरेसन ९आइओसी० ले महिनामा दुइपटक मूल्य पठाउने गरे पनि निगमले एक महिनालाई आधारमा मागेर मूल्य समायोजन गर्नेछ ।
एक महिनामा सबै पेट्रोलियमको मूल्य आउने भएकाले यसैलाई आधार मानेर भाउ तय हुन्छ । आइओसीले १५ दिनमा पेट्रोल र डिजेलको र एक महिनामा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउँछ ।