साउन ५, काठमाडौं– उर्जामन्त्री राधा ज्ञावलीले नेपालको विकासको मेरुदण्ड उर्जा भएकाले अब यसमा कसैले पनि राजनीति गर्नु नहुने बताएकी छिन् । उर्जाको विकास बिना नेपालको कुनै पनि विकास सम्भव नभएको भन्दै मन्त्रि ज्ञावालीले अब नेपालले छिट्टै भारतसँग विद्युत व्यापार सम्झौता गर्ने जानकारी दिएकी छिन् । नेपाल जलस्रोतमा दोस्रो धनि देश भएर पनि त्यसमा फड्को मार्न नसकेको उनको भनाई छ । मन्त्रि ज्ञावाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु अघि नै भारतसंग विद्युत व्यापार सम्झौता भैसक्ने दाबी गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उर्जामन्त्री ज्ञवालीले प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फकिर्ए लगतै भारतसंग त्यस्तो सम्झैता हुने बताएकी हुन । मोदीको छिट्टै हुने नेपालका क्रममा महाकाली सम्झौता अन्र्तगतको पञ्चेश्वर परियोजना कार्यान्वयनबारे हस्तक्षर हुने समेत जानकारी दिएकी छिन् । मन्त्री ज्ञावलीले भारतले हालै पठाएको विद्युत व्यापार सम्झौताको मस्यौदा सकारात्मक रहेको र त्यो नेपालको हितमा रहेर सम्झौता गरिने बताइन् । मन्त्रि ज्ञावालीले उर्जाको बिषयमा भारतसँग मात्रै नभएर अन्य देशसंग पनि ब्यापार सम्झैता गर्नुपर्ने बताईन ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
