चिर्पटले ज्यान गयो

साउन ५, नुवाकोट– काठको चिर्पटले हिर्काउँदा नुवाकोटमा  एक युवकको ज्यान गएको छ ।चारघर गाविस वडा नं ८ मा पसल सञ्चालन गरी बसेका सालिकराम अर्यालको ज्यान भएको हो । स्थानिय सागर अधिकारी र अर्यालबिच विवाद हुँदा अधिकारी काठको चिर्पटले हिर्काउँदा सालिकराम अर्यालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । टाउकामा गम्भीर चोट लागेका अर्यालको त्रिशूली अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गरि फरार रहेका सागर अधिकारीकोे खोजी भैरहेको प्रहरीले जनाएको छ ।